मालीका राष्ट्रपतिलाई रिहा गर्न युएनको आग्रह

जेष्ठ ११, २०७८ | काठमाडौं

सैन्य नियन्त्रणका रहेका पश्चिमी अफ्रिकी मुलुक मालीका राष्ट्रपति बाअ नड तथा प्रधानमन्त्री मोक्टर आउनलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएन मिसनले आग्रह गरेको छ । संक्रमणकालिन अवस्थाका राष्ट्रपति नड तथा प्रधानमन्त्री आउन सेनाको नियन्त्रणमा मालीको राजधानी बामाकोमा स्थित क्याम्पमा राखिएको समाचार पश्चात युएनले सो आग्रह गरेको हो । सेनाको सो कदमले मालीमा पुन सैन्यु कु हुने आशंका बढेको छ । 

गत वर्षको कुमा सक्रिय भएका २ जना वरिष्ठ सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएका हुन् । गत वर्ष सेनाले तत्कालिन राष्ट्रपति इब्राहिम बोउबाकर केइटालाई सेनाले हटाएको थियो । त्यस पश्चात संक्रमणकालिन अवस्थाका राष्ट्रपति र प्रधानमन्त्री प्रति सेनाको सो कदमले माली पुन राजनीतिक अस्थिरता उन्मुख भएको बीबीसीले जनाएको छ । सन् २०१२मा समेत उत्तरी मालीमा सैन्य कु भएको थियो ।  


प्रतिक्रिया