भारतमा गत अप्रिल १४ पछि पहिलो पटक एक दिनमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि

जेष्ठ ११, २०७८ | काठमाडौं

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण ओरोलो लाग्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा गत अप्रिल १४ पछि पहिलो पटक एक दिनमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा भारतमा ३ लाख २६ हजार ८ सय ५० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म २ करोड ६९ लाख ४८ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ । हालसम्म १९ करोड ८५ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया