सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी

जेष्ठ १७, २०७८ | काठमाडौं

हङकङकी साङगिन हुँगले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी कायम गर्नुभएको छ । ४५ वर्षीय साङगिनले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण सम्पन्न गर्नुभएको हो । साङगिनले यसअघि फुन््जो जाङ्मू लामाले बनाएको कीर्तिमानीलाई १२ घण्टाले तोड्नुभएको हो ।

 यसअघि उहाँले मे महिनामै सगरमाथा आरोहण गर्ने योजना बनाएपछि त्यतिबेला मौसमले साथ नदिएको बताउनुभएको छ । नयाँ कीर्तिमान स्थापित गरेपछि उहाँले आफूले कुनै रेकर्ड तोड्न नभई आफूलाई थप चुनौती दिन मात्रै खोजेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । उहाँ पेशाले एक शिक्षक हुनुहुन्छ । 


प्रतिक्रिया