नासाले शुक्र ग्रहबारे अध्ययन गर्नका लागि दुई वटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने

जेष्ठ २०, २०७८ | काठमाडौं

अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्र ग्रहबारे अध्ययन गर्नका लागि दुई वटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने बताएको छ । शुक्र ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू का बारेमा अध्ययन गर्ने उद्देश्य राखिएको नासाले जनाएको छ । नासाले ती मिसनहरु सन् २०२८ देखि २०३० को बीचसम्ममा सञ्चालन गर्ने उल्लेख गरेको छ ।

 यसअघि सन् १९९० मा नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन पठाएको थियो । त्यसपछि सो ग्रहको नजिक भएर अन्य अन्तरिक्ष यानले यात्रा गरेपनि विशेष अध्ययन भने भएको छैन । सौर्य मण्डलमा सूर्य पछिको दोस्रो स्थानमा रहेको शुक्र ग्रह सबैभन्दा तातो ग्रह हो । 


प्रतिक्रिया