रसायनले भरिएको मालवाहक पानी जहाजका कारण पर्यावरणीय जोखिम बढ्ने

जेष्ठ २०, २०७८ | काठमाडौं

पर्यावरणविद्हरुले श्रीलंकाली तटमा डुब्न लागेको रसायनले भरिएको मालवाहक पानी जहाजका कारण पर्यावरणीय जोखिम बढ्ने आशंका व्यक्त गरेका छन् । सयौं टन इन्धन टयांकले भरिएको सो जहाज चुहिए पर्यावरणसहित समुद्री जीवमा पनि ठूलो असर पर्ने उनीहरुको भनाई छ ।

 वातावरणविद् डा. अजन्ता पेरेराले भने नाइट्रिक एसिडसहित जहाजमा भरिएको इन्धनसहितको सामग्री डुबे समुन्द्री गहिराईमा रहेका जीवलाई ठूलो असर गर्ने मात्रै नभई ती जीव नष्ट हुने बताउनुभयो । दुई साता भन्दा अघि नाइट्रिक एसिड चुहिएर जहाजमा आगो लागेको थियो ।

 भारतीय र श्रीलंकाली नाभीहरुको संयुक्त प्रयासमा यही साता मात्रै जहाजमा लागेको आगो निभाइएको थियो । तर आगो निभेपनि जहाज टुक्रिने र थप गहिराईतर्फ डुब्ने क्रम जारी रहेको छ । १८६ मिटर लामो जहाज गत १५ मे भारतीय बन्दरगाह हजिराबाट एक हजार ४ सय ८६ कन्टेनर बोकेर प्रस्थान गरेको थियो । जसमा नाइट्रिक एसिडसहित अन्य रसायन र सौन्दर्य सामग्री रहेको बीबीसीले जनाएको छ । जहाजले करिब २५ टन एसिड बोकेको थियो । 


प्रतिक्रिया