बलुचिस्तानमा तीर्थयात्रु सवार बस दुर्घटना, १८ जनाको मृत्यु

जेष्ठ २८, २०७८ | काठमाडौं

पाकिस्तानको बलुचिस्तानमा तिर्थयात्रु बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् ।

बलुचिस्तानको क्वेटा भन्दा २ सय ६० किलोमिटर दक्षिणमा पर्ने खुजदार क्षेत्रमा तिव्र गतिमा रहेको बस पल्टिएको हो । सिन्ध राज्यबाट बध गइरहेका तिर्थयात्रु सवार बस दुर्घटनामा परेको रोयर्टसले उल्लेख गरेको छ । 

सडक दुर्घटनाका कारण पाकिस्तानमा सन् २०१८ मा मात्रै २७ हजार ५ सय ८२ जनाले ज्यान गुमाएका थिए । सडकस्तर न्युन रहेको कारण चीनको सहकार्यमा पाकिस्तानमा सडक सञ्जालको पुन:निर्माण भैरहेको छ । जसका लागी चीन–पाकिस्तान ब्यापार करीडर अन्तर्गत ६० अर्ब डलर लगानी गरिदैछ । 


प्रतिक्रिया