इथियोपियामा ३३ हजार बाल-बालिका भोकमरी र कुपोषणको शिकार हुनसक्ने यूनिसेफको चेतावनी

जेष्ठ २९, २०७८ | काठमाडौं

संयुक्त राष्ट्र संघीय निकाय यूनिसेफले इथियोपियाको टिग्रे क्षेत्रमा करीब ३३ हजार बालबालिका भोकमरी र कुपोषणको शिकार हुनसक्ने चेतावनी दिएको छ । सरकार र विद्रोहीबीचको लगातारको हिंसात्मक गतिविधिका कारण सो क्षेत्रको अवस्था निकै जर्जर भएको र त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा परेको यूनिसेफको भनाई छ । 

दुईतर्फी संघर्ष सुरु भएको सन् २०२० को नोभेम्बर यता झण्डै १७ लाख मानिस विस्थापित भइसकेका छन् । राष्ट्रसंघको एक अध्ययनका अनुसार सो क्षेत्रका करीब ३ लाख ४३ नागरिकले गम्भीर संकटको सामना गरिरहेका छन् । राष्ट्रसंघले टिग्रेका नागरिकको जीवनरक्षाका लागि मानवीय सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल समेत गरेको छ । यद्यपी इथियोपियाको सरकारले राष्ट्रसंघको अध्ययन प्रतिवेदनलाई लिएर असमति जताउँदै आएको छ । 


प्रतिक्रिया