मंगल ग्रहको सतहका तस्बिर सार्वजनिक

जेष्ठ २९, २०७८ | काठमाडौं

मंगल ग्रहको सतहमा रोभर अवतरण गराउन सफल दोस्रो मुलुक चीनले त्यहाँका तस्बिरहरु सार्वजनिक गरेको छ । चिनियाँ झन्डा अंकित मंगल ग्रहको सतहमा गुडिरहेको चुरोङ रोभरले खिचेका तस्बिरहरु चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (सीएनएसए) ले सार्वजनिक गरेको हो । मंगल ग्रहको सतहका साथै मार्सियन सतहमा रोभरले सेल्फी लिएको तस्बिर समेत सीएनएसएले एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । 

एउटा तस्बिरमा रोभरले सेल्फी लिएको, अर्को तस्बिरमा अवतरण गर्ने बेलामा रोभरको प्लेटफर्मलगायतका तस्बिरहरु रहेका छन् । करिब सात महिनाको अन्तरिक्ष यात्रापछि रोभर गत मेमा मंगल ग्रह पुगेको थियो । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर चुरोङ रोभर त्यहाँ पुगेको थियो । 

रोभरले मंगल ग्रहको सतहको नक्सांकन र त्यहाा जीवको अस्तित्वको खोज गर्नेछ । यसअघि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउन सफल अमेरिकाले पनि त्यहाँका तस्वीर सार्वजनिक गरेको थियो । अमेरिकाको एरिजोना विश्वविद्यालयले मंगल ग्रहको सतहमा रहेको चीनको चुरोङ रोभरको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको हो । 


प्रतिक्रिया