जी सेभेन राष्ट्रको धारणाप्रति चीनको कडा टिप्पणी

जेष्ठ ३०, २०७८ | काठमाडौं

चीनको बढ्दो प्रभाव कम गर्न एक हुने जी सेभेन राष्ट्रहरुको सहमतिलाई लिएर बेईजिङले कडा टिप्पणी गरेको छ । चेतावनीयुक्त भाषामा चीनले सानो समूहले विश्वको भविष्य निर्धारण गर्ने समय पुरानो भईसकेको प्रतिकृया दिएको छ । 

जी सेभेन राष्ट्रले आफूविरुद्ध एकीकृत सहमति गर्न लागिरहेका बेला चीनको यस्तो प्रतिकृया आएको हो । जी सेभेन राष्ट्रको सम्मेलन जारी रहेका बेला बेलायतका लागि चिनियाँ राजदूतले सानो समूहले विश्वको भविष्य निर्धारण गर्न नसक्ने प्रतिकृया दिएको बीबीसीले उल्लेख गरेको छ ।

 न्यून र मध्यम आय भएका मुलुकमा चीनको लगानी र प्रभाव विरुद्ध जी सेभेन राष्ट्रले काउण्टर रणनीति अख्तियार गरेका छन् । उनीहरुले ती मुलुकहरुमा लगानी र सहयोगको साझा प्रतिबद्धता समेत जनाएका छन् । 

पुन:उत्थान सम्बन्धी चीनको रणनीतिको युरोपेली राष्ट्रहरुले प्रतिरोध गर्नुपर्नेमा अमेरिकका राष्ट्रपति जो बाईडेन प्रतिबद्ध रहेको विश्लेषकहरुको भनाई छ । 

विकासशील राष्ट्रहरुमा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरणका लागि वित्तीय सहयोग गर्ने प्रतिवद्धता सहित जी सेभेन राष्ट्रको सम्मेलन आजै सकिने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया