इजरेलमा नयाँ सरकार गठन

जेष्ठ ३१, २०७८ | काठमाडौं

लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै इजरेलमा नयाँ गठबन्धन सरकार निर्माण भएको छ । योसँगै १२ बर्षसम्म शासनसत्ता सम्हालेका बेन्जामिन नेतान्याहु प्रधानमन्त्री पदबाट मुक्त हुनुभएको छ ।

इजरेली संसदले नयाँ गठबन्धनको सरकारको पक्षमा मत दिएपछि नेतान्याहु सत्ताबाट बाहिरिनुभएको हो । गठबन्धन सरकार प्रमुख नाफाली बेन्नेटले प्रधानमन्त्री पदमा सपथ समेत लिइसक्नुभएको छ । संसदमा बेन्नेटको पक्षमा ६० र नेतान्याहुको पक्षमा ५९ मत खसेको थियो । 

बेन्नेट सन् २०२३ को सेप्टेम्बर सम्मका लागी प्रधानमन्त्री हुनुहुनेछ । सत्ता गठबन्धनमा आलो पालोको सहमती अनुसार त्यसपश्चात यश अडिट प्रधानमन्त्री बन्नुहुनेछ । इजेरलको राजनीतिमा १२ वर्ष सम्म नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्री नेतान्याहु प्रमुख प्रतिपक्षी दल लुकुडका नेता हुनुभएको छ । नेतान्याहुले छिट्टै सत्तामा फर्कने बताउनुभएको छ । 

इजरेलमा सन् २०१९ मा भएको निर्वाचन पछि संसदमा बहुमतको सरकार गठन हुन नसकेपछि दुई पटक आमनिर्वाचन भएको थियो । 


प्रतिक्रिया