नेटोको भनाईमा चीनको प्रतिवाद

असार १, २०७८ | काठमाडौं

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले बेइजिङबाट प्रणालीगत चुनौती आइरहेको भन्दै चेतावनी दिएपछि चीनले त्यसको प्रतिवाद गरेको छ । नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षा नीति प्रतिप्रक्षात्मक स्वरूपको मात्रै रहेको भन्दै नेटोलाई आफ्नो शक्ति संवाद प्रवर्धनका लागि प्रयोग गर्न आग्रह गरेको छ । चीनले नेटोका नेताहरुले आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप समेत लगाएको छ । नेटोका नेताहरुले चीनले नेटोले आफूबारे अतिरञ्जीत प्रतिक्रिया दिएको दाबी गरेको छ ।

युरोपेली संघमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा प्रतिरक्षा र सैन्य आधुनिकीकरणमा चीनको कदम औचित्यपूर्ण, तर्क संगत खुला र पारदर्शी भएको उल्लेख छ । यसअघि नेटोले चीनका कारण गठबन्धनको सुरक्षामा असामान्य चुनौती बढीरहेको चेतावनी दिएको थियो । नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा चीनलाई पहिलो पटक राखेको हो । 


प्रतिक्रिया