हङ्गकङ्गमा सम्पादक र पत्रिकाको चार कार्यकारी पक्राउ

असार ३, २०७८ | काठमाडौं

हङ्गकङ्गको एक पत्रिकाका प्रमुख सम्पादक तथा चार कार्यकारीहरुलाई पक्राउ गरिएको छ । एप्पल डेली नामक पत्रिकाले राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ ।

बेइजिङ्गको आलोचक मानिने पत्रिकाको भवनका सबै प्रवेशद्धारहरु बन्द गरी उनीहरुलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । पक्राउ गरिएको घटनाको पत्रिकाको फेसबुकबाट लाइभ गरीएको थियो । त्यसक्रममा पत्रिका कार्यालयमा छापा मार्नुका साथै पत्रकारिता सम्बन्धी सुचना सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा प्रधान सम्पादक सहित सो पत्रिकाका डिजिटल कम्पनीका प्रमुख, प्रकाशक तथा निर्देशक छन् । प्रहरीले ५ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । हङ्गकङ्ग प्रहरीले उनीहरु माथि विदेशी मुलुकसँगको साँठगाँठ गर्दै मुलुकको सुरक्षा खतरा उत्पनन गराएको आरोप लगाइएको छ । 


प्रतिक्रिया