अन्तरिक्षयात्रीसहितको चिनियाँ यान पृथ्वीको बाहिरी सतहमा

असार ३, २०७८ | काठमाडौं

चीनले तीन अन्तरिक्षयात्री सहितको भू–उपग्रह पृथ्वीको बाहिरी सतहमा प्रक्षेपण गरेको छ । पृथ्वीको सतहबाट ३ सय ८० किलोमिटर भन्दा माथिको सतहमा तीन जना चिनियाँ अन्तरिक्षयात्रीले तीन महिनासम्म समय बिताउने छन् ।

सो भूउपग्रह १० वर्ष सम्म अन्तरिक्षमा रहने छ भने त्यसलाई १५ वर्ष सम्म लम्बाउन सकिने गरी तयार पारिएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ । टियान्हे उपग्रह चीनको गोबि मरुभुमिमा रहेको इक्वान भुउपग्रह केन्द्रबाट प्रक्षेपण गरिएको हो । 

तीन महिना सम्म अन्तरिक्षमा रहँदा अन्तरिक्ष यात्रीले यानलाई मानव सहायता विना सञ्चालन योग्य बनाउनेछन् । सो यानका लागी बेला बेलामा आवश्यक सामाग्री पुर्‍याइने छ भने अन्तरिक्ष यात्रीले समेत त्यसको अवलोकन गर्ने चिनियाँ एजेन्सीको योजना छ । तिनै जना अन्तरिक्षयात्री चीनको हवाइ सेनाका सदस्य हुन् । ती यात्रीले विशेष पोशाक लगाएर अन्तरिक्षमा हिड्ने समेत कार्यक्रम तय गरिएको छ । 


प्रतिक्रिया