७ लाख भन्दा बढी रोहिंग्या बालबालिका चरम विभेदमा : सेभ द चिड्रेन

असार ४, २०७८ | काठमाडौं

 बालबालिका सहायता सम्बन्धी अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले सात लाख भन्दा बढी रोहिंग्या बालबालिकाले चरम विभेदको सामाना गरिरहेको जनाएको छ । 

सन् २०१७ मा रोहिंग्या समुदायमाथि म्यानमारको सेनाले गरेको अराजक र अमानवीय व्यवहारका कारण विभिन्न एसियाली राष्ट्रमा शरण लिइरहेका रोहिंग्या बालबालिकाहरुलाई न्यूनतम आधारभूत अधिकारबाट बञ्चित गरिएको सेभ द चिल्ड्रेनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

विशेषगरी म्यानमार, बंगलादेश, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियामा रहेका रोहिंग्या बालबालिकाहरुले कानूनी पहुँचको अभावका कारण गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र नागरिकता लगायतका अधिकारबाट वञ्चित हुनु परेको प्रतिवेदनमा उल्लेख छ । ती बालबालिकाहरु बालबालिका बेचविखन, बाल श्रम, बालविवाह, यौनजन्य हिंसा र बन्दी बन्न सक्ने जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको । सन् २०१७ यता नै म्यानमारमा सैन्य अराजकताका कारण लाखौँ रोहिंग्या समुदाय अन्य छिमेकी मुलुकमा शरण दिन पुगेका छन् । तीमध्ये बंगलादेशमा लाखौँ रोहिंग्याले शरण लिइरहेका छन् ।  


प्रतिक्रिया