ब्राजिलमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

असार ६, २०७८ | काठमाडौं

ब्राजिलमा कोभिड १९ बाट मृत्यु हुनको संख्या ५ लाख नाघेको छ । हालसम्म ५ लाख ८ सय ६८ जनाले ज्यान गुमाएका हुन् । ब्रजिलमा १ करोड ७८ लाख ८३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

सुस्त खोप कार्यक्रमका कारण ब्राजिलमा संक्रमण अझै नियन्त्रण उन्मुख बनेको छैन । राष्ट्रपति जैर बोल्सोनारोले भौतिक दुरी अपनाउनुपर्ने उपायलाई समर्थन नगर्दा अझै पनि कोभिड १९ संक्रमण फैलने दर उच्च रहेको छ । 

ब्राजिलको स्वास्थ्य अध्ययन केन्द्र फियोक्रुजले अवस्था निकै गम्भीर रहेको बताउंदै आएको छ । त्यहाँ १५ प्रतिशत वयश्क उमेरका ब्यक्तिले दोश्रो मात्राको खोप लगाएका छन् । सरकारले काभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रणका लागी सरकारले लापरवाही गरेको आरोप सम्बन्धमा ब्राजिलको संसदले अनुसन्धान गरिरहेको छ । 

राष्ट्रपति बोल्सोनारोले राष्ट्रिय स्वास्थ्य सुरक्षाको कार्यक्रम अपनाउन अस्वीकार गर्नुका साथै खोप, मास्क लगाउनुपर्ने जस्ता उपाय प्रति सार्वजनिक रुपमा आंशका गर्दा महामारी नियन्त्रण उन्मुख हुन नसकेको निष्कर्ष निकालिएको हो ।   


प्रतिक्रिया