भारतमा आजदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई नि:शुल्क खोप दिइने

असार ७, २०७८ | काठमाडौं

भारतमा आजदेखि कोरोनाविरुद्धको खोपको महाअभियान सुरु भएको छ । अभियान अन्र्तगत १८ वर्षभन्दा माथिका सबै नागरिकलाई नि:शुल्क खोप दिइने भारत सरकारले जनाएको छ । सरकारको नयाँ नीति अनुसार खोप अभियानको सबै खर्च केन्द्र सरकारले व्यहोर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै उद्घोष गरिसकनुभएको छ । राजधानी दिल्लीमा मात्रै खोप लगाउनका लागि ३ सय भन्दा बढी खोप केन्द्र तोकिएका छन् । 

 निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्नेछ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा नि:शुल्क वितरण गरिने बताइएको । भारतका विभिन्न प्रदेशकले खोप लगाउन आकर्षित गर्नका लागि खोप लगाऊ इनाम जितौँ लगायतका कार्यक्रम समेत अघि सारेका छन् । मध्य भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारले जानएको छ । आगामी जुलाईको अन्त्यसम्ममा भारतले हरेक दिन एक करोड डोज लगाउने लक्ष्य राखेको छ ।  


प्रतिक्रिया