चीनले आणविक क्षेप्यास्त्र भण्डारण क्षमता बढायो : अमेरिका

श्रावण १४, २०७८ | काठमाडौं

चीनले आणविक क्षेप्यास्त्र भण्डारण तथा प्रक्षेपण क्षमता बढाइरहेको अमेरिकी बैज्ञानिकले बताएका छन् । चीनको झिन्जियाङ्ग प्रान्तस्थित आणविक क्षेप्यास्त्र केन्द्रको भू–उपग्रहबाट लिइएको तस्बिरको अध्ययनले यस्तो देखाएको अमेरिकी बैज्ञानिक महासंघले जनाएको छ । 

चीनको आणविक हतियार निर्माण प्रति अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । आणविक हतियार विकासका लागी पश्चिम चीनमा नयाँ स्थान निर्माणाधीन छ । सो केन्द्रमा जमिन मुनी १ सय १० वटासम्म क्षेप्यास्त्र भण्डारण तथा प्रक्षेपण गर्न सकिने छ । वासिङ्गटन पोष्टले १ सय २० वटा क्षेप्यास्त्र युमेन राज्यको गान्सुमा भेटिएको दाबी गरेको थियो । 

युमेन नजिकैको हामी नामक स्थानमा नयाँ क्षेप्यास्त्र भण्डारण केन्द्र बनिरहेको अमेरिकाको दाबी छ । यसअघि सन् २०२० मा पनि अमेरिकी रक्षा मन्त्रालयले चीनले आणविक अस्त्रको भण्डारणलाई दोब्बर बनाएको आरोप लगाएको थियो । अमेरिका र रुसले हतियार क्षमता सिमित गर्ने विषयमा सुरु गरेको वार्ताका बीचमा चीनको खबर बाहिरिएको हो ।  


प्रतिक्रिया