अलास्कामा ८ दशमलव २ म्याग्निच्यूटको भूकम्प,सुनामीको चेतावनी

श्रावण १४, २०७८ | काठमाडौं

 अमेरिकाको अलास्का प्रायद्विपमा ८ दशमलव २ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पपछि अमेरिकी र क्यानडाली प्रशान्त तटवर्ती क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसका अनुसार स्थानीय समयअनुसार राति सवा १० बजे भूकम्प गएको हो । 

सुनामीका कारण हवाइ र गुआम क्षेत्र प्रभावित हनुसक्ने चेतावनी दिइएको छ । सुनामी विनाशकारी हुनसक्ने आकंलन गरिएको छ । विशेषगरी अमेरिकी र क्यानडाली प्रशान्त तठवर्ती क्षेत्रहरुमा सावधान रहन भनिएको छ । अलास्कालाई भूकम्पीय दृष्टिकोण जोखिमपूर्ण क्षेत्र मानिन्छ । भूकम्पपछि ८ वटा पराकम्प गएको बताइएको छ । भूकम्पपछिको क्षतिबारेको विवरण आउन बाँकी छ ।  


प्रतिक्रिया