अफ्गानी अनुवादकको पहिलो टोली अमेरिकामा

श्रावण १५, २०७८ | काठमाडौं

अमेरिकी सेना फिर्ता भएसँगै उद्धार गरिएका अनुवादक र उनीहरुको परिवारको पहिलो टोली आज वासिङ्गटन पुग्दैछ । २ हजार ५ सय जना मध्ये पहिलो टोली वासिङ्गटन पुग्न लागेको हो । 

उनीहरुलाई वासिङ्गटन डिसीको फोर्ट ली सैन्य शिविर नजिकै राखेर विशेष आप्रवासी भिजा प्रक्रिया पूरा गर्ने तयारी अमेरिकाको छ । सन् २००१ मा शुरु भएको अफ्गानिस्तानको युद्धताका अमेरिकी नेतृत्वको सैन्य फौजलाई सहयोग गरेका अफ्गानीलाई अमेरिकाले विशेष भिजा उपलब्ध गराएको हो । 

अफ्गानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसंगै उनीहरु निकट भएर काम गरेकामा सुरक्षा खतरा बढेको भन्दै ह्वाईट हाउसले उनीहरुलाई विशेष भिजा उपलब्ध गराएको हो ।

सन् २००८ यता करिब ७० हजार अफ्गानीले विशेष भिजा प्राप्त गरी अमेरिकामा बसोबास गरिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । हाल २० हजार जनाले विशेष भिजाका लागि आवेदन दिएका छन् । जसमध्ये आधाले प्रारम्भिक प्रक्रिया नै पूरा गर्न बाँकी रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया