इथियोपियामा २४ जनालाई मृत्युदण्ड

श्रावण १५, २०७८ | काठमाडौं

इथियोपियाको एक अदालतले प्रहरी कर्मचारीको हत्यामा संलग्न रहेको आरोपमा २४ जनालाई मृत्युदण्ड सुनाएको छ । सन् २०१५ मा भएको बम विष्फोटमा ३ प्रहरी कर्मचारीको ज्यान गएको थियो भने अन्य ३९ जना घाइते भएका थिए ।

 घटनामा संलग्न रहेको मुस्लिम समाजका क्षेत्रीय नेता मोहम्मद स्वीडनसहित अन्य २४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको अल जजिराले जनाएको छ । अदालतले सन् २०१४ मा भएको अर्को एक घटनाका दोषी ठहर भएका ८ जनालाई पनि मृत्युदण्ड दिएको छ । यसैबीच मानवअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले भने अदालतको पछिल्लो फैसलाको विरोध गरेको छ । मृत्युदण्ड मानवअधिकार विपरित भएको उसले बताएको छ ।  


प्रतिक्रिया