अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात

भाद्र ३१, २०७८ | काठमाडौं

अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको छ । प्रविधिसम्वन्धि अन्तर्राष्ट्रिय कम्पनी स्पेस एक्सले ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो । स्पेस एक्सले इन्सपिरेसन–फोर मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनालाई अन्तरिक्ष यात्राका लागि पठाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बुधबार राति ८ बजे स्पेस एक्सको रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । यो मिसनमा ३८ वर्षिय अर्बपति जेरेड इज्याकम्यानले लगानी गरेका छन् । अन्तरिक्ष पर्यटनयात्रीले अन्तरिक्षमा ३ दिन बिताउनेछन् । स्पेस एक्सको ड्रागन क्याप्सुलमा रहेका उनीहरु पृथ्वीदेखि ५६३ किलोमिटरको उचाइमा छन् । 

यो उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र एक सय किलोमिटर माथि हो । उनीहरु शनिबार पृथ्वीमा फर्कनेछन् । मिसनमा करिब २०० मिलियन डलर खर्च हुने बताइएको छ । 


प्रतिक्रिया