पत्रकार, अधिकारकर्मी र आलोचकहरु सरकारको निशानामा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७८ | काठमाडौं

भारतमा पत्रकार, अधिकारकर्मी र आलोचकहरु सरकारको निशानामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । मानवअधिकार सम्बन्धी संस्था ह्यूमन राइट्स वाचको पछिल्लो अध्ययनमा सरकारले विभिन्न अभियोग लगाएर पत्रकार, सरकारका आलोलक तथा अधिकारकर्मीहरुलाई कारबाही गर्ने गरेको उल्लेख छ । यसै महिनाको सुरुवातमा पनि श्रीनगर, दिल्ली र मुम्बईका कयौं स्थानमा सरकारी अधिकारीहरुले पत्रकार, कलाकार र मानवअधिकाकर्मीको घरमा अन्धाधुन्ध छापा मारेको थियो ।

ह्यूमन राइट्स वाचले सरकारी अधिकारीबाट हुने सबैखाले कारबाही राजनीति प्रेरित हुने गरेको बताएको छ । सरकारले वाक स्वतन्त्रतालाई नै चुनौती दिइरहेको उसको आरोप छ ।

पत्रकार शिक्षाविद्, विद्यार्थी र अन्य कार्यकर्ता विरुद्ध राजद्रोहसम्मको मुद्दा दर्ता हुने गरेको र अधिकांशमा आरोपितहरु निर्दोष पाइने गरेको ह्यूमन राइट्स वाचले जनाएको छ । ह्यूमन राइट्स वाचकी दक्षिण एसिया निर्देशक मिनांक्षी गांगुलीले सरकाररले डराउने धम्काउनेसम्मका काम गरेको बताउनुभयो । 


प्रतिक्रिया