दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतको चीनसमक्ष प्रस्ताव

आश्विन १, २०७८ | काठमाडौं

चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी बीच दुसान्वेमा भएको भेटका क्रममा सो प्रस्ताव अघि सारिएको रोयटर्सले उल्लेख गरेको छ । भारतीय विदेशमन्त्रीले आफ्नो विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्धमा सकारात्मक सुधार आउन सक्ने प्रतिक्रिया दिनुभएको थियो ।

 विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत भेटबारे जानकारी दिण्ôदै भन्नुभएको छ, “सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।”

यद्यपी, चीन र भारतको सीमा विवाद चीनले सकारात्मक तरिकाले सम्हाल्दै आएको चिनियाँ विदेशमन्त्री वाङले बताउनुभएको छ । उहाँले शान्ति र स्थायित्व कायम गर्न र सीमा क्षेत्रमा हुने तनाव कम गर्न दुबै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । 


प्रतिक्रिया