नयाँ सुरक्षा सम्झौतामा झूट बोलेको फ्रान्सको आरोप

आश्विन ३, २०७८

बेलायत, अष्ट्रेलिया र अमेरिकाबीच भएको सुरक्षा सम्झौतालाई लिएर फ्रान्स चिढिएको छ । ओकस नाम दिइएको सो सुरक्षा सम्झौतापछि अस्ट्रेलियाले ५० अर्ब अस्ट्रेलियन डलर बराबरको रक्षा सम्झौता रद्द गरेपछि फ्रान्स चिढिएको हो । फ्रान्सका विदेशमन्त्री जीन यवेस द्रियाँले अष्ट्रेलिया र अमेरिकाले नयाँ सुरक्षा सम्झौतामा झूट बोलेको आरोप लगाउनु भएको बीबीसीले उल्लेख गरेको छ । 

एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न सो सम्झौता गरिएको भन्दै चौतर्फी विरोध हुन थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत बुधबार अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भिडियो मिटिङमार्फत सम्झौता घोषणा गरेका थिए । सो सम्झौतापछि फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत समेत फिर्ता बोलाइसकेको छ । 


प्रतिक्रिया