तालिबान सरकारले छात्राहरुलाई जतिसक्दो छिटो विद्यालय जाने व्यवस्था गर्ने

आश्विन ५, २०७८ | काठमाडौं

अफगानिस्तानमा तालिबानले छात्राहरुलाई जतिसक्दो छिटो विद्यालय जाने व्यवस्था गर्ने बताएको छ । राजधानी काबुलमा आज आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टै छात्राहरूलाई विद्यालय जान अनुमति दिइने बताएका हुन् ।

 यसअघि तालिबान सरकारको शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका शिक्षक र छात्रलाई विद्यालय आउन निर्देशन दिएको थियो । तर छात्रा र महिला शिक्षकका बारेमा भने तालिबानले केही निर्णय गरेको छैन ।

यसैबीच, तालिबानले केही रिक्त मन्त्रालयमा पनि जिम्मेवारी दिइएको बताएको छ । यसअघि अन्तरिम मन्त्रिपरिषद् घोषणा गर्दा महिलालाई समावेश नगरेको तालिबानले यस पटक पनि कुनै महिलालाई समेटेको छैन । गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गर्दै मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स घोषणा गरेको थियो ।  


प्रतिक्रिया