बेलायतद्वारा कोभिशिल्डलाई मान्यता

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७८ | काठमाडौं

बेलायतले भारतले बनाएको कोरोना विरुद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएसँगै दुई मुलुकबीच केही महिना यता जारी कूटनीतिक गतिरोध अन्त्य भएको छ । यसअघि बेलायतले कोभिशिल्डलाई मान्यता नदिएपछि भारतले पनि बेलायतलाई प्रतिबन्ध लगाएको थियो । जसले गर्दा दुई देशबीचको यात्रामा समस्या भइरहेको थियो । 

भारतले यसअघि पनि पटक पटक बेलायतलाई कोभिशिल्ड लाई मान्यता दिन आग्रह गर्दै आएपपिन बेलायतले वेवास्ता गरेपछि भारतले आफूले पनि गम्भीर कदम चाल्ने चेतावनी दिएको थियो । बेलायतको पछिल्लो निर्णयसँगै दुई देशका नागरिक आवतजावत सहज बन्ने भएको छ ।   


प्रतिक्रिया