अमेरिकाद्धारा इजरेलको क्षेप्याष्त्र रक्षा प्रणालीलाई १ अर्ब डलर सहयोग अनुमोदन

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | एजेन्सी

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इजरेलको क्षेप्याष्त्र रक्षा प्रणालीका लागि १ अर्ब डलर सहयोग अनुमोदन गरेको छ । इजरेलको आइरन डोम क्षेप्याष्त्र रक्षा प्रणालीलाई गर्ने भनिएको सहयोगबारे तल्लो सदनमा निकै रस्साकस्सीपछि मात्रै अनुमोदन भएको हो । सहयोग पछि अमेरिकाले इजरेलमाथी आफ्नो प्रभाव बलियो बनाउन सक्ने विष्लेषण गरीएको छ ।

तल्लो सदनबाट पारित भएको प्रस्ताव अब माथिल्लो सदन सिनेटमा जानेछ । माथिल्लो सदनबाट भने सो सहयोग प्रस्ताव सजिलै पारित हुने सम्भावना छ । इजरेललाई विना सर्त सो रकम दिन लागीएको भन्दै आलोचना भएको थियो । मानवअधिकारको पक्षमा इजरेललाई जवाफदेही बनाउन आवश्यक रहेको आलोचकको भनाई छ ।

अमेरिकाले सन् २०१६ देखी १० वर्ष सम्मका लागि बार्षिक ३ अर्ब ८० करोड डलर इजरेललाई सैन्य सहयोग गर्दै आएको छ । जसमध्य ५० करोड डलर क्षेप्याष्त्र रक्षा प्रणालीमा नै खर्च हुने गरेको छ । नियमित सहयोगसँगै अमेरिकाले इजरेललाई थप सहयोग गर्ने नयाँ प्रस्ताव हो । 


प्रतिक्रिया