सिरियामा जारी गृहयुद्धका कारण ३ लाख ५० हजार भन्दा बढीकाे मृत्यु

आश्विन ९, २०७८ | काठमाडौं

संयुक्त राष्ट्र संघले सिरियामा जारी गृहयुद्धका कारण कम्तीमा ३ लाख ५० हजार २ सय ९ जना मारिएको बताएको छ । राष्ट्रसंघले पछिल्लो १० वर्षदेखि जारी युद्दका क्रममा मारिनेको संख्या सार्वजनिक गरेको हो । 

मारिएकाहरुमा सैनिक र गैरसैनिक दुवै रहेको राष्ट्रसंघले उल्लेख गरेको छ । मारिनेमा महिला र बालबालिकाको संख्या पनि उल्लेख्य रहेको बताइएको छ । यद्यपी यो संख्या सन् २०१४ यता सार्वजनिक सबैभन्दा न्यून संख्या हो ।

यसअघि मानव अधिकार सम्बन्धि संस्था सिरियन अब्जरभेटरीले सिरियामा जारी गृहयुद्धमा कम्तीमा पनि ५ लाख व्यक्तिको ज्यान गएको र अन्य २ लाख केसको जाँच भइरहेको बताएको थियो ।

सन् २०११ मा बसर अल असदको शासन विरुद्ध सुरु भएको विद्रोहले युद्धको रुप लिएपछि एक दशक यता सिरियामा गृहयुद्ध जारी छ । यस अवधिमा लाखौं मानिस विस्थापित भएका छन् । कम्तीमा ५६ लाख मानिस अन्य विभिन्न यूरोपेली मुलुकमा शरणार्थीका रुपमा पलायन भएको राष्ट्रसंघले जनाएको छ । 


प्रतिक्रिया