जर्मनीमा आम निर्वाचन हुँदै

आश्विन १०, २०७८ | एजेन्सी


युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा आज आमनिर्वाचन हुँदैछ । चान्सलर एंगेला मर्केलको १६ वर्ष लामो सत्ता सञ्चालनपछि नयाँ नेतृत्वका लागि आम निर्वाचन हुन लागेको हो । निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । जर्मनीमा ६ करोड मतदाता सहभागी हुने निर्वाचनमा एंगेला मर्केलको समर्थन पाएका अर्मिन ल्यानसेट र एन्नालिना बेयरबोकबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनले जर्मनीको तल्लो सदन संघीय संसदका ५ सय ९८ सदस्य चयन गर्नेछन् । बुण्डेसट्याग भनिने तल्लो सदनमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउने छ भने स्पष्ट बहुमत प्राप्त गर्न नसके गठबन्धनको सरकार निर्माण हुनेछ । ५ सय ९८ सदस्यीय तल्लो सदनमा २ सय ९९ जना प्रत्यक्ष र २ सय ९९ जना राजनितिक पार्टीमा खसेको मतभारका आधार चयन हुनेछन् । तीनै सासंदहरुले बहुमतका आधारमा जर्मन चान्सलर चयन गर्नेछन् । यस निर्वाचनमा क्रिष्टियन डेमोक्रेटिक युनियन, सोसियल डेमोक्रेटिक पार्टी र ग्रिन्स पार्टी मुख्य प्रतिस्पर्धामा छन् । जर्मन निर्वाचन ब्यवस्थामा ५ सय ९८ सदस्यका लागी निर्वाचन भएपछि सिट संख्या मतदान प्रक्रियाका कारण बढाएर ८ सय सम्म पुर्‍याउन सक्ने व्यवस्था छ । 


प्रतिक्रिया