ताइवानमा अमेरिका र क्यानडाले युद्धक पानीजहाज पठाएकोमा चीन रुष्ट

कार्तिक १, २०७८ | एजेन्सी

अमेरिका र क्यानडाले ताइवानमा युद्धक पानीजहाज पठाएको भन्दै चीनले आलोचना गरेको छ । क्षेत्रिय शान्ति र स्थायित्वको सिद्धान्त विपरित क्यानडा र अमेरिकाले जहाज पठाएको चीनको ठहर छ ।

चीनले ताइवानलाई आफ्नै भुमि दाबी गरेपछि सो क्षेत्रमा तनावको स्थिति छ । गत १ अक्टोबरदेखी ४ दिन सम्म चीनले ताइवानको हवाई क्षेत्रमा १ सय ५० वटा हवाइजहाज उडाएको थियो । तनावकै बीचमा अमेरिका र क्यानडाले लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्याष्त्र सहितको पानी जहाज ताइवान पठाएपछि बेइजिङ्ग रुष्ट बनेको हो ।

ताइवान चिनियाँ भुमि नै भएकाले ढिलो चाँडो भएपनि शान्तिपूर्ण रुपमा नियन्त्रण कायम गर्ने चिनियाँ राष्ट्रपतिको भनाइपछि ताइवान संशकित भएको हो ।



प्रतिक्रिया