कोरोना अझै एक बर्षसम्म रहन सक्छ: डब्लूएचओ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | एजेन्सी


गरिव राष्ट्रमा खोपको पहुँच पर्याप्त हुन नसकेका कारण कोरोना महामारी अझै १ वर्ष लम्बिने विश्व स्वास्थ्य संगठन डब्लुएचओले आँकलन गरेको छ । डब्लुएचओका वरिष्ठ अधिकारी डा. बु्रस एलवार्डले हालसम्म पनि अफ्रिकी महादेशमा करिव ३ प्रतिशत जनसंख्याले मात्र खोप लगाउन पाएका कारण कोरोनाले सन् २०२२ सम्मै महामारीको रुप लिने बताउनुभएको हो । अफ्रिका बाहेकका महादेशमा कम्तीमा ४० प्रतिशत जनसंख्याले खोप लगाएको बताइएको छ । धनी मुलुकलाई भन्दा गरिव मुलुकलाई प्राथमिकतामा राख्न डा. एलवार्डले अपिल गर्नुभएको छ ।

जी सेभेनको बैठकमा गरीव मुलुकलाई खोप उपलब्ध गराउने प्रतिबद्धता अनुसारको कदम चाल्न समेत डब्लुएचओले अमेरिका, क्यानडा, बेलायत, जापान, जर्मनी लगायतका धनी मुलुकलाई आग्रह गरेको छ । 


प्रतिक्रिया