कजाकस्तानमा सैन्यसहित आर्थिक सहयोगका लागि चीनको प्रस्ताव

पुस २४, २०७८ | काठमाडौं

इन्धनको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको कजाकस्तानमा चीनले सैन्यसहित आर्थिक सहयोगका लागि प्रस्ताव गरेको छ । चीनले छिमेकी कजाकस्तानलाई दीर्घकालीन आर्थिक विकासका साथै आतंकवाद विरोधी क्षेत्रमा सहयोग गर्न प्रस्ताव अघि सारेको ग्लोबल टाइम्सले जनाएको छ ।

 यसअघि रुसले पनि कजाकस्तानमा जारी गतिरोध अन्त्यका लागि आफ्नो सैन्य टोली त्यहाँ खटाएको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकेएभले रूस र चीनसहित विश्वभरका अन्य नेताहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

तर सरकार विरोधी प्रर्दशन चर्किएको काजकस्तानमा रुसी सेनाको उपस्थितिलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ । सरकार विरोधी प्रर्दशन रोक्न काजकस्तानले रुसी सेनाको सहयोग गुहारेको प्रति अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिङकेनले प्रश्न गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भएको पर्दशनका क्रममा प्रहरीको गोली लागि दर्जनौंको मृत्यु भईसकेको छ । विदेशमन्त्री ब्लिङकेनले पछिल्लो समय चर्किएको हिंसा रोक्न काजकस्तान सरकार आफै सक्षम रहेको बताउनुभएको हो । विदेशमन्त्री ब्लिङकनले काजकस्तानमा रुसी सेनाको उपस्थिति बारे आफूहरु स्पष्ट हुन नसकेको समेत बताउनुभयो । काजकस्तानमा सरकार विरोधी प्रर्दशन उग्र बन्दै गएपछि रुसबाट २५ सय सेना खटिएका छन् । आज मात्रै त्यहाँ ४ हजार २ सय प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।  


प्रतिक्रिया