कोरोनाको तेस्रो लहरबीच भारतमा चुनावको तयारी

पुस २४, २०७८ | नयाँ दिल्ली

भारतको पाँच राज्यमा आगामी महिना विधानसभाको निर्वाचन घोषणा गरिएको छ । कोरोनाको तेस्रो लहरले पुरै भारतलाई छोप्दै गएका बेला निर्वाचन आयोगले आज उत्तर प्रदेश, उत्तराखंड, पंजाब र गोवामा फेब्रुअरी महिना भर चुनाव हुने मिति सार्वजनिक गरेको हो । भारतको संविधान र कानुनले संकटकाल वाहेकको अवस्थामा चुनाव सार्ने ठाउँ दिएको छैन । चुनावको मिति घोषणाको अधिकार निर्वाचन आयोगसँग सुरक्षित छ । त्यसै अनुसार आयोगले विधानसभाको कार्यकाल पाँचवर्ष पूरा गर्न लागेका राज्यहरुमा चुनाव गराउने घोषणा गरेको छ । ठूलो जनसंख्या भूगोल रहेको उत्तर प्रदेशमा ७ चरणमा मतदान हुनेछ । १० फेब्रुअरीबाट सुरु भएर ३ मार्च सम्म त्यहाँ मतदान हुने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

उत्तराखण्ड, पंजाबर गोवामा एकै चरणमा १४ फेब्रुअरीका दिन मतदान हुनेछ । त्यस्तै, मणिपुरमा भने दुई चरणमा २७ फरवरी र ३ मार्चमा मतदान हुने तोकिएको छ । मतगणना भने पाँचवटै प्रदेशमा एक साथ १० मार्चबाट सुरु हुनेछ । पत्रकार सम्मेलनमा मुख्य आयुक्त चन्द्राले कोरोनालाई लिएर जारी गाइडलाईनको पालना गर्दै चुनावी प्रक्रिया पूरा गरिने बताउनुभयो । कोरोनालई हेर्दै विगतको भन्दा मतदान केन्द्र बढाइको तथा हरेक केन्द्रमा सेनिटाइजर मास्क लगायतका समग्री पनिउ पलब्ध रहने गरी तयारी गरिने जानकारी समेत उहाँले दिनुभयो । कोरोना संक्रमितका लागि पोस्टल ब्यालेटको व्यवस्था गरिने आयोगले जनाएको छ । पाँच राज्यमा ६ सय ९० विधानसभा क्षेत्रका लागि मतदान हुने र त्यसमा १८ करोड ३ लाख मतदातालाई मतदानको अधिकार रहेको चन्द्राले बताउनुभयो । १८ वर्षउमेर पुगेका नागरिकलाई भारतमा मदतानको अधिकार प्राप्त हुन्छ । 


प्रतिक्रिया