फ्रान्समा हजारौंको प्रदर्शन

पुस २५, २०७८

कोरोना भाइरस सम्बन्धी नयाँ ब्यवस्थाको विरोधमा फ्रान्समा हजारौंले प्रदर्शन गरेका छन् । कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिलाई सार्वजनिक स्थानमा प्रतिबन्ध लगाउने सरकारी नियमको विरोधमा १ लाख वढी नागरिकहरु प्रदर्शनमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । राजधानी पेरीसमा नागरिकहरुले नो टु भ्याक्सिन पासेस भन्दै प्रर्दशन गरेका थिए । उनिहरुले सरकारको पछिल्लो कदमको चर्को आलोचना समेत गरे ।

प्रदर्शनका क्रममा ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १० जना प्रहरी घाइते भएका छन् । केही स्थानमा प्रदर्शनकारी तोडफोडमा उत्रिदा स्थिति तनावपूर्ण बनेको थियो । फ्रान्समा लागु गर्न लागिएको नियममा कोभिड नेगेटिभ रिर्पाेट मान्य नहुने सहित खोप अनिवार्य गर्दै खोप नलगाएकालाई सार्वजनिक जिवनमा प्रतिबन्ध लगाउने उल्लेख छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले खोप नलगाएकाहरुको कटाक्ष गर्दै कडा नियम लागु गर्ने अभिब्यक्ति दिंदै आउनुभएको छ ।  


प्रतिक्रिया