न्युर्याेकको एक अपार्टमेन्टमा आगोलागी हुदा १९ जनाको मृत्यु

पुस २६, २०७८

अमेरिकाको न्युर्याेकको एक अपार्टमेन्टमा आगोलागी हुदा १९ जनाको मृत्यु भएको छ । घाइते भएका ३२ जनाको अस्पतालमा उपचार भैरहेको छ । केहीको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ । १९ तले भवनको प्रत्येक तलामा घाइते भेटिएका थिए । गत ३० वर्षको अवधिमा आपतकालिन घटनामा परी न्युर्याेकमा पहिलो पटक यति ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । २ सय जना अग्निनियन्त्रकको टोलीले सो भवनको आगो नियन्त्रणमा लिएका थिए । भवनको दुई वटा तलामा आगोलागेपछि अन्य तलामा रहेका अधिकाशं व्यक्तिहरुको धुवाले निशास्सिएर मृत्यु भएको हो । केही दिन अघि फिलाडेल्फियाको एक अपार्टमेन्टमा आगलागी हुंदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य ८ जना बालबालिका थिए । 


प्रतिक्रिया