सुकीलाई थप ४ वर्ष जेल सजाय

पुस २६, २०७८ | काठमाडौं

म्यानमारमा सैनिक अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ४ वर्ष जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा थप दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको बीबीसीले जनाएको छ । 

यसअघि गत महिना पनि सुकीलाई विभिन्न आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्ष जेल सजाय सुनाएको थियो । गत वर्ष फेब्रुअरीमा सैन्य कू गरेपछि सेनाले सुकीमाथि दर्जनभन्दा बढी आरोप लगाएको छ । तर सुकीले ती सबै आरोपको खण्डन गर्दै आउनुभएको छ । 


प्रतिक्रिया