जलपाईगुढीमा ट्रेन दुर्घटना, ५ जनाको मृत्यु

पुस २९, २०७८ | नयाँ दिल्ली

भारत बंगालको जलपाईगुडीमा बिहीबार भएको ट्रेन दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । बिहीबार साँझ ५ बजेतिर भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

यात्रुहरुको उद्धार कार्य जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ट्रेनमा १२ सय यात्रु रहेको जनाइएको छ । 

बीकानेर–गुहाटी एक्सप्रेस जलपाईगुडीको डोमोहानी नजिक मोएनोगुडीमा रेल्वे लिकबाट बाहिर आएपछि दुर्घटना भएको हो । बीकानेर एक्सप्रेस मंगलबार बेलुका बीकानेरबाट हिँडेको थियो । 

बिहीबार बिहान पटना स्टेशनबाट गुहाटीका लागि प्रस्थान गरेको थियो । दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले बंगालका मुख्यमन्त्री ममता बनर्जीसँग टेलिफोनमा घटना बारे जानकारी लिनु भएको छ । 


प्रतिक्रिया