सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी विभिन्न ५ वटा मुद्दा दायर

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०७८ | काठमाडौं

म्यानमारमा सैन्य सरकारद्वारा अपदस्थ प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी विरुद्ध भ्रष्टाचारसम्बन्धी विभिन्न ५ वटा मुद्दा दायर भएको छ । 

सुकीमाथि हेलिकप्टर भाडामा लिने र किन्न अनुमति दिने सम्बन्धमा ५ वटा नयाँ आरोपमा मुद्दा दायर गरेको सैन्य एक अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ती आरोप प्रमाणित भए प्रत्येक आरोपमा १५ वर्ष जेल र जरिवानाको सजाय हुने बताइएको छ । 

सुकीले यसअघि अन्य आरोपहरू पनि सामना गरिसक्नुभएको छ । गत फेब्रुअरीमा भएको सैनिक विद्रोहपछि हिरासतमा रहेकी आङ साङ सुकीमाथि सैन्य सरकारले यसअघि पनि ४ वर्षको जेल सजाय सुनाएको थियो ।


प्रतिक्रिया