भारतमा कोरोना संक्रमण ८ महिना यताकै उच्च

माघ २, २०७८

भारतमा कोरोना संक्रमण पछिल्लो ८ महिना यताकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा ८ महिना यताकै सबै भन्दा बढी संक्रमित भेटिएको अलजजिराले जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

 यसैबीच बेलायतमा अर्को महिनाबाट खोप लगाएका पर्यटकका लागि खुला गरिने भएको छ अर्को महिनाबाट सुरु हुने बिदाबाट फर्किदा कोरोना परीक्षणका लागि अनिवार्य नगरिएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया