विश्व स्वास्थ्य संगठनले टिग्रे विद्रोही संग साँठगाँठ गरेको इथियोपिया सरकारको आरोप

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०७८

इथियोपियाको परराष्ट्र मन्त्रालयले विश्व स्वास्थ्य संगठनले टिग्रे विद्रोही संग साँठगाँठ गरेको आरोप लगाएको छ । विद्रोही सँग डब्लुएचओ प्रमुखको साँठगाँठ बारे अध्ययन गर्न उसले आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसस इथियोपियाका पूर्व स्वास्थ्य तथा विदेश मन्त्री भएकाले सो आरोप लगाइएको रोयटर्सले उल्लेख गरेको छ । 

गेब्रेससको घर रहेको क्षेत्रमा सहयोग सामाग्री रोकिनुमा गेब्रेससको संलग्नता रहेको इथियोपिया सरकारको अरोप छ । गेब्रेससको नैतिक, कानुनी र ब्यवसायीक अडानका कारण डब्लुएचओको गरिमामा आँच आएको आरोप इथियोपिया सरकारले लगाएको छ । इथियोपिया सरकारसंग हाल मौखिक संवाद भैरहेको डब्लुएचओले जवाफ दिएको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा सहायता सामाग्री पठाउन इथियोपिया सरकारले निरन्तर अवरोध गर्दै आएको छ ।  


प्रतिक्रिया