धनी व्यक्तिहरु अझै धनी हुँदै गएपनि गरिव मानिसहरु भने गरिबीतिर: अक्सफाम

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०७८ | एजेन्सी


एक अन्तराष्ट्रिय संस्थाले कोभिड महामारीको समयमा संसारका सवैभन्दा धनी व्यक्तिहरु अझै बढी धनी हुँदै गएपनि गरिव मानिसहरु भने गरिबीतिर धकेलिएको बताएको छ । अक्सफाम नामक परोपकारी संस्थाका अनुसार, सन् २०२० को मार्चयता संसारका १० धनाढ्यहरुको सम्पतिमा दुई गुणाभन्दा बढीले वृद्धि भएको हो । 

डाभोसमा हुने वल्र्ड इकोनमिक फोरमको बैठक अघि सो संस्थाले सार्वजनिक गरेको विश्वव्यापी असमानतासम्वन्धि प्रतिवेदनले कम आय भएकै कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भएको देखाएको छ । 


प्रतिक्रिया