अष्ट्रेलियामा ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दो

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७८ | काठमाडौं

अष्ट्रेलियामा ओमिक्रोन संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको छ । संक्रमणकै कारण अष्ट्रेलियामा हिजो मात्र ७४ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ३६ जना न्यु साउथ वेल्सका रहेको बीबीसीले जनाएको छ ।

न्यु साउथ वेल्स, भिक्टोरिया तथा क्वीन्सल्याण्डमा संक्रमणले बढी प्रभाव जमाएको बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सका प्रमुख डोमिनिक पेरोटेटले संक्रमणका कारण कठिन परिस्थिति सिर्जना भएको बताउनुभएको छ ।

त्यहाँ एकै दिन ६७ हजार जनामा संक्रमण पुष्टी भएको छ । यस अघिका भेरियन्टबाट कम प्रभाव परेको अष्ट्ेरलियामा ओमिक्रोन संक्रमणले अत्यासलाग्दो रुप लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया