कोरोना ओरोलो लागेसँगै बेलायतमा जारी विभिन्न प्रतिबन्ध हटाइए, मास्क लगाउनु नपर्ने

रेडियो कान्तिपुर संवाददाता

माघ ५, २०७८ | काठमाडौं

कोरोना संक्रमणदरमा कमी आएसँगै बेलायतमा जारी विभिन्न प्रतिबन्धहरु खुकुलो बनाइएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले आज कोरोना संक्रमणदर ओरालो लागेसँगै घरबाट काम गर्ने, मास्क लगाउनुपर्ने लगायतका यसअघि जारी नियम तथा अन्य केही प्रतिबन्धहरु आजैबाट हटाइएको घोषणा गर्नुभएको हो ।

 यस्तै भोलिबाट विद्यालयमा मास्क लगाउनुपर्ने नियम पनि हटाइएको छ । यस्तै जनवरी २७ बाट सार्वजनिक स्थलमा मास्क लगाउनु नपर्ने, खोप लगाइसकेका यात्रुले बेलायत प्रवेश गर्दा कोभिड परिक्षण गर्नु नपर्ने, र क्वारेन्टीन समेत बस्न नपर्ने लगायतका नयाँ नियमहरु घोषणा गरिएका छन् । यद्यपी जोखिम पूर्ण रुपमा हटिनसकेकोले स्वास्थ्य मापदण्ड अपनाउन भने आग्रह गरिएको छ । 


प्रतिक्रिया