अमेरिकाले युक्रेनमा रहेका आफ्ना कर्मचारी फिर्ता बोलायो

माघ १०, २०७८

रुसले युक्रेनमा सैन्य कारवाही सक्रिय बनाउन खोजेको भन्दै अमेरिकाले त्यहाँको दुतावासमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ । त्यस्तै, युक्रेनमा रहेका आफ्ना अन्य नागरिकलाई समेत सो स्थान छाड्ने विचार गर्न आग्रह गरेको बीबीसीले जनाएको छ । रुसले १ लाख सेना युक्रेनको सिमा क्षेत्रमा परिचालन गरेकाले त्यहाँ कठिन परिस्थिती उत्पन्न हुन सक्ने अमेरिकाको आरोप छ । तथापी अमेरिकाले लगाएको आरोपको भने रुसले खण्डन गरेको छ । सन् २०१४ मा क्रिमियालाई आफ्नो मुलुकमा गाभेपछि रुसले युक्रेनमा हस्तक्षेप गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भन्दै पश्चिमा मुलुक रुसको कदमको विपक्षमा रहेका छन् । 


प्रतिक्रिया