ओमिक्रोन कम गम्भिर देखिएको एक अध्ययन

माघ १२, २०७८

ओमिक्रोन भेरियन्ट, डेल्टा वेभ सहित उच्च कोरोनाभाइरस प्रसारणको अघिल्लो अवधिको तुलनामा कम गम्भीर भएको एक अध्ययनले देखाएको छ । अमेरिकी अध्ययन अनुसार ओमिक्रोन संक्रमितको अस्पतालमा छोटो बसाइ, सघन हेरचाहको कम आवश्यकता र कम मृत्यु दर भएको बीबीसीले जनाएको छ । 

यद्यपि, द्रुत गतिमा फैलिएको ओमिक्रोन भेरियन्टले संक्रमण र अस्पतालमा भर्ना हुनेहरूको संख्या भने बढाएको छ । ओमिक्रोन भेरियन्टले अमेरिकी स्वास्थ्य सेवा प्रणालीलाई समेत तनावमा पारेको छ । हालको ओमिक्रोन लहरका कारण सघन हेरचाह इकाई आइसीयुमा भर्ना हुनेका संख्या यसअघिको डेल्टा भेरियन्टको तुलनामा २९ प्रतिशत कम रहेको पनि अध्ययनले देखाएको छ । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको अध्ययन अनुसार उच्च खोप कभरेज, अतिरिक्त खोप, बुस्टर डोज साथै प्रतिरक्षा सुरक्षाका लागि अपनाइएको स्वास्थ्य मापदण्डले ओमिक्रोनको जोखिम कम देखिएको पनि उल्लेख छ । 


प्रतिक्रिया