श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै

रेडियो कान्तिपुर संवाददाता

वैशाख २७, २०७९

श्रीलंकामा सरकार विरोधी प्रर्दशन उग्र बन्दै गएको छ । आर्थिक संकट बाट गुज्रिरहेको श्रीलङकाका विपक्षी प्रर्दशनकारीले राष्ट्रपति र सत्तारुढ दलका सांसदहरुको घरमा आगजनी गरेको बीबीसीले जनाएको छ । सरकारी सर्मथकहरुसँगको झडप पछि विपक्षी प्रर्दशनकारीले राष्ट्रपतिको घरमा आगजनी गरेका हुन् । प्रधानमन्त्री महिन्दा राजपक्षको राजिनामा पछि पनि विरोध प्रर्दशन रोकिएको छैन । उनिहरुले राष्ट्रपति गोटावयले पनि राजिनामा दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री राजपाक्षको कार्यलयमा समेत आक्रमण प्रयास गरेका थिए । प्रधामन्त्री भित्रै भएको अवस्थामा प्रदर्शनकारी भित्र छिर्न खोज्दा प्रदर्शन हिंसात्मक बनेको थियो । हिजो भएको प्रदर्शनका क्रममा सत्तारु सांसद सहित ५ जनाको मृत्यु भएको छ भने १ सय ९० जना घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोतावय राजपक्षको राजिनामा माग गरिरहेका छन् ।


प्रतिक्रिया