रुसले युक्रेनमा युद्धको योजना बनाएको अमेरिकी गुप्तचर निकायको दाबी

रेडियो कान्तिपुर संवाददाता

वैशाख २८, २०७९

रुसले युक्रेनमा लामो युद्धको योजना बनाएको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनको पूर्वी क्षेत्रको स्वामित्व लिईसकेपनि रुसले युद्ध अन्त्य गर्ने सम्वन्धमा कुनै योजना नबनाएको गुप्तचर निकायको दावी छ । युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गर्ने उद्धेश्यले रुसले हिंसा जारी राखेको छ । मस्कोले युक्रेनको डोनवास क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनवास भन्दा बाहेकका क्षेत्रलाई समेत कब्जामा लिने योजना बनाएको अमेरिकि दाबी छ । अमेरिका र युरोपियन युनियनले जारी आर्थिक संकटका निम्ति युक्रेनलाई प्रत्यक्ष सैन्य सहयोग गर्ने समय कुरेर बसेको अमेरिकि गुप्तचर विभागकी निर्देशक एभ्रील हेन्सको भनाई छ । 


प्रतिक्रिया