उत्तर कोरियामा कोभिड संक्रमण पुष्टि

रेडियो कान्तिपुर संवाददाता

वैशाख २९, २०७९

उत्तर कोरियाले मुलुकमा कोभिड–१९ संक्रमण फैलिएको पहिलो पटक औपचारिक रुपमा पुष्टि गरेको छ । कोभिड १९ संक्रमण फैलिएको भन्दै उत्तर कोरियामा देशभर लकडाउन गरिएको छ । तिव्र गतिमा फैलिरहेको औमिक्रोन भाइरसको सब भेरियन्ट राजधानी प्योङ्गयाङ्गमा पाइएपछि देशव्यापी लकडाउन गरिएको हो ।सन् २०२० को फेब्रुअरीले देखी स्वास्थ्य आपतकालका कारण मुलुकलाई महामारीबाट बचाउन सफल भएपनि हाल संक्रमण फैलिएको उत्तर कोरियाली सरकारले जारी गरेको वक्तव्यमा उल्लेख छ । कोभिड संक्रमण आफ्नो मुलुकमा नफैलिएको भन्दै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले कोभ्याक्स सुविधामा दिएको खोप पनि अस्विकार गरेको थियो । आगामि एक साताका लागी उत्तर कोरियाली जनतालाई घरभित्रै बस्न सरकारले निर्देशन दिएको छ । 


प्रतिक्रिया