युक्रेनमा ४८ लाख नागरिकले रोजगारी गुमाए

वैशाख २९, २०७९ | काठमाडौं

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले रुस र युक्रेनबीचको युद्ध सुरु भएदेखि नै युक्रेनमा करिब ४८ लाख नागरिकले रोजगारी गुमाएको जनाएको छ । 

तत्काल युद्धविराम नभए रोजगारी गुमाउनेको संख्या अझै बढ्न सक्ने र ७० लाख भन्दा बढी श्रमशक्तिको रोजगारी गुम्ने आईएलओले गरेको अध्ययनमा उल्लेख छ । 

 ठूलो जनसंख्या बेरोजगारी तर्फ धकेलिँदा युक्रेनमा चरम आर्थिक संकटको अवस्था सिर्जना हुने प्रक्षेपण गरिएको छ । अर्कोतर्फ लाखौं मानिस विस्थापित हुने आइएलओले जनाएको छ । 


प्रतिक्रिया