श्रीलंकामा यसै साताभित्र प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठन गर्ने तयारी

वैशाख २९, २०७९ | काठमाडौं

श्रीलंकामा चर्कदै गएको प्रदर्शनका माझ राष्ट्रपति गोतबाया राजापक्षले यसै साताभित्र प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठन गर्ने बताउनुभएको छ । राजीनामाको मागलाई बेवास्ता गर्दै यसै साताभित्र संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्नेसहित सरकार गठनको तयारी गरेको राजापक्षको भनाई छ ।

 तर त्यसका लागि कुनै समयसीमा तोकिएको छैन । सुरक्षा चुनौती बढेपछि गत सोमबार राजीनामा दिएका प्रधानमन्त्री महिन्दा राजपक्षलाई पूर्वोत्तर श्रीलंकाको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ । प्रदर्शनकारीले मुख्य नेताहरुका निवासलाई नै निशाना बनाउन थालेपछि देशैभर सुरक्षा संयन्त्रलाई कडाईका साथ परिचालन गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

यसैबीच, राष्ट्रपति राजापक्षले ट्वीट गर्दै मुलुकमा बढीरहेको अराजकता नियन्त्रणका लागि नयाँ सरकार गठन अपरिहार्य भएको बताउनुभएको हो । राष्ट्रपति राजापक्षले मुलुकमा जारी गतिरोध अन्त्य गर्न प्रदर्शनकारीलाई आग्रह गर्नुभएको छ ।

यसैबीच सरकार विरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेलाई गोलीसम्म हान्न सक्ने अधिकार सुरक्षाकमर््ीलाई दिइएको छ । 


प्रतिक्रिया